एकीकृत समाजवादीको सनाखतका लागि निर्वाचन आयोगले तोक्यो समय

होमल्याण्ड खबर

२०७८ भाद्र ८ गते, मंगलवार १३:५० मा प्रकाशित

निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता प्रक्रियाका लागि सनाखतको समय तोकेको छ ।

बुधबार बिहान साढे ११ बजेदेखि २ बजेसम्म स–शरीर उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्ने राजनीतिक दल सम्बन्धी अध्यादेशमा व्यवस्था गरिएको छ ।

माधव कुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिनुभएको छ । अध्यादेश अनुसार २० प्रतिशत बनाउन २ सय ३ सदस्यीय एमाले केन्द्रीय सदस्यको ४१ जना पु¥याउनुपर्छ ।
नेपालले नयाँ दल दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरूको नामावली निर्वाचन आयोगमा बुझाएका थिए ।