नेता खनालको पत्र : आफूलाई दिल्लीबाटै सनाखत गराइदिने व्यवस्था मिलाइयोस

होमल्याण्ड खबर

२०७८ भाद्र ८ गते, मंगलवार १७:२० मा प्रकाशित

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आफूलाई दिल्लीबाटै सनाखत गराइदिने व्यवस्था मिलाइदिन निर्वाचन आयोगलाई पत्र पठाएका छन् ।

आयोगले दल दर्ताका लागि बुधबार केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्दै छ ।खनालले आफूले नेकपा (एमाले) त्यागेको र एकीकृत समाजवादीमा रहेको जानकारी गराउनुभएको हो ।

खनाल दिल्लीमा उपचाररत रहेकाले दूतावासबाट सनाखत गर्ने व्यवस्था मिलाउन आग्रह गर्दैै पत्र पठाएको आयोगले जनाएको छ ।