नेपाललाई ओलीको अपिल– ‘मूल घरमा फर्किनुस्,पूर्वाग्रह राख्दिनँ’

होमल्याण्ड खबर

२०७८ भाद्र ९ गते, बुधबार १२:२९ मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई मूल घरमा फर्किन आग्रह गरेका छन । तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले उनीहरूलाई मूल घरमा फर्किन भनेका हुन ।

पत्रकार सम्मेलनमा ओलीले जारी गरेको प्रेस वक्तव्य एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सुनाएका थिए ।

वक्तव्यमा विभाजनको बाटो हानिकारक भएकाले त्यो बाटो नअपनाउन भनिएको छ । ‘तपाईंहरू मूल घरमा फर्किनुस् । यसअघिका कामको आधारमा म कुनै पूर्वाग्रह राख्दिनँ,’ वक्तव्यमा भनिएको छ ।