आउन चाहनेलाई ढोका खुलै राखेका छौं : रामकुमारी झाँक्री

होमल्याण्ड खबर

२०७८ भाद्र ९ गते, बुधबार १३:४२ मा प्रकाशित

नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले निर्वाच आफूहरुको पार्टीमा आउन चाहने एमाले नेताहरुका लागि ढोका खुलै रहेको बताएकी छन् । बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुगेकी उनले पत्रकारहरुसँगको कुराकानीमा आफूहरुको अभियानमा सामेल हुन चाहेका लागि ढोका खुलै रहेको बताइन् ।

हामी एक प्रकारको कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको चुनौतीपूर्ण र गौरवपूर्ण बाटोबाट हिँडेका छौं, यो अभियानमा सहमत हुनेहरु सामेल हुने हो’ उनले भनिन्, ‘हामो चाहनाले को आउने र नआउने भन्ने हुँदैन, त्यही भएर उहाँहरुलाई ढोका ओपन नै राख्नुपर्छ ।’

नयाँ दल गठन गर्दा सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने व्यवस्था भए पनि विगतको अभ्यास अनुसार कानुन व्यवसायी मार्फत सनाखत गर्न दिनुपर्ने उनले बताइन् ।