२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेले पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुलाई कारबाही गर्ने भएको छ । एमालेको आज बस्ने केन्द्रीय कमिटी बैठकबाट कारबाही प्रक्रिया अगाडि बढाइने एमालेले जानकारी दिएको छ ।
एमालेबाट फुटेर नयाँ दल खोलेका माधवकुमार नेपाललाई साथ दिने केन्द्रीय सदस्यहरुलाई कारबाही गर्ने तयारी एमालेले गरेको हो । यस्तै आजको केन्द्रीय कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्ने स्थायी कमिटी बैठकको निर्णय अनुमोदन गर्ने एजेण्डा पनि रहेको छ ।


यस्तै, पार्टी सदस्यता वितरण तथा विधान महाधिवेसन तथा स्थानीय अधिवेसनबारेमा आजको बैठकमा छलफल हुने बताइएको छ ।