प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य

होमल्याण्ड खबर

२०७८ भाद्र १० गते, बिहीबार १२:४० मा प्रकाशित

प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन । आज विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो ।

वर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य दलको नेता चयन भएका हुन । उनी आजै मुख्यमन्त्रीमा नियुक्त भएका छन । उनलाई आजै प्रदेश प्रमुखले शपथ खुवाउने छन ।

यस्तै मुख्यमन्त्रीबाट शेरधन राईले राजीनामा दिएका छन । उनले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन ।