एकीकृत समाजवादीमा गएका नेतालाई एमालेबाट निष्कासन गरिने

होमल्याण्ड खबर

२०७८ भाद्र १० गते, बिहीबार १६:३९ मा प्रकाशित

एमालेले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका नेतालाई निष्कासन गर्ने भएको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले नयाँ पार्टीमा गएका नेतालाई कारबाही गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

एकीकृत समाजवादीमा गएका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय पनि गरेको छ । यससम्बन्धी निर्वाचन आयोगलाई जानकारी दिइने भएको छ ।

नयाँ पार्टीमा गएका नेता तथा कार्यकर्तालाई एमालेमै फर्किन केन्द्रीय कमिटीले आग्रह गरेको छ ।