२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले महाधिवेशनलाई मध्यनजर गर्दै बानेश्वरमा सम्पर्क कार्यालय खोलेका छन । १४ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका निधिले बानेश्वर ब्याङ्क्वेट नै बुक गरेर सम्पर्क कार्यालय खोलेका हुन । महाधिवेशनसम्मकै लागि बुक गरिएको ब्याङ्क्वेटमा सातै प्रदेशका लागि फरकफरक सम्पर्क कक्ष स्थापना गरिएको छ ।
निधिका लागि छुट्टै सचिवालय कार्यालय समेत निर्माण गरिएको छ । महाधिवेशन लक्षित गर्दै ५०० जना अट्ने बैठक कक्षको समेत व्यवस्था गरिएको छ । निधिले आज ब्याङ्क्वेटबाट आफ्नो सम्पर्क कार्यालयको शुभारम्भ गरेका छन । निधिले भोलिबाट सबै भेटघाट ब्याङ्क्वेटबाट गर्ने बताइएको छ ।

