२९ फाल्गुन २०८२, शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
आज बिहान बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको बताइएको छ । देउवा नेतृत्वमा गठबन्धन सरकार बनेको डेढ महिनामा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।


माधव नेपाललाई कुर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताइँदै आएको थियो । तर नेता नेपालले एमाले फोडेर नयाँ पार्टी दर्ता गरिसकिएकाले अब भागबण्डाका आधारमा मन्त्रिपरिषद विस्तार गर्नेमा नेताहरु केन्द्रित रहेको बताइएको छ ।