२९ फाल्गुन २०८२, शुक्रबार
गठबन्धन दलहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भइरहेको बताइएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी छन् ।


यस्तै नेपाली कांग्रेसबाट अन्यमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत सहभागी छन्।
कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे छलफल गरी टुंग्याउने तयारी भएको बताइएको छ । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले हालसम्म चार मन्त्रि र एक राज्यमन्त्री मात्रै नियुक्त गर्नुभएको छ ।
मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएकोमा सरकारको चर्को आलोचनासमेत भइरहेको छ ।