२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध नेता प्रदीप नेपालले सो पार्टी परित्याग गरेका छन् । पार्टीले जनताको बहुदलीय जनवाद जबज सिद्धान्त छोडेको भन्दै नेता नेपालले आफू उक्त पार्टी नरहेको जानकारी दिएका हुन ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले धोका दिएको उनको आरोप छ । ‘तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो,’ नेपालले भनेका छन।


नेता नेपालले आफू एमाले अध्यक्ष केपी ओलीसँग पनि नजाने उल्लेख गरेका छन। ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ,’ नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।
