सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

होमल्याण्ड खबर

२०७८ भाद्र १६ गते, बुधबार १२:०९ मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन।

यसअघि २०७६ फागुन ३० मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ ।