२९ फाल्गुन २०८२, शुक्रबार
कर्णाली प्रदेशमा एमालेका तीन सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन। प्रदेशसभा सदस्यहरु चन्द्रबहादुर शाही, पदमबहादुर रोकाया र देवी ओलीले नेकपा (एकीकृत समाजवादी) छनोट गरेका छन। अहिले प्रदेश निर्वाचन कार्यालयमा सनाखतका लागि निर्वाचन कार्यालय पुगेको शाहीले जानकारी दिए । अब ३–४ जना सांसदले एकीकृत समाजवादी रोज्ने उनको दाबी छ ।
कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा एमालेका ४ सांसदले फ्लोर क्रस गरेका थिए । उनीहरु हाल पद मुक्त छन । तथापी उनीहरु (एकीकृत समाजवादी) मा आवद्ध भइसकेका छन।

