२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेले सभामुख र निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । एमालेले सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
एमालेले नेकपा एकीकृत समाजवादी दल गठन गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही गरिएको पत्र संसद् सचिवालयमा पठाएको थियो ।


एमालेले कारबाही गरेका १४ सांसदसहितको सनाखतमा निर्वाचन आयोगले पनि नयाँ दल दर्ता गरेको थियो । सभामुखले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले सभामुखविरुद्ध रिट दर्ता गरेको छ ।