२९ फाल्गुन २०८२, शुक्रबार
प्रधानन्यायाधीशलाई विपक्षी बनाइएको मुद्दामा प्रधानन्यायाधीशबाहेकको इजलासको गठनको माग गर्दै परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । अधिवक्ता दीपकविक्रम मिश्रले दर्ता गराएको रिटको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा भइरहेको छ । अधिवक्ता मिश्रले आफ्नो मुद्धा आफैले हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्तबमोजिम प्रधानन्यायाधीशबाहेकको इजलासको गठन माग गर्दै रिट दायर गरेका थिए ।
त्यस्तै प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने संवैधानिक दायित्व भएकाले प्रधानन्यायाधीशकै नेतृत्वमा संवैधानिक इजलास गठन गर्न मागसहित अधिवक्ता डा। गणेश रेग्मीले दर्ता गरेको रिटमा पनि अहिले न्यायाधीश फुँयालको इजलासमा पेसी तोकिएको छ ।

