जनताको मन जितेर काम गर्छु : देउवा

होमल्याण्ड खबर

२०७८ भाद्र १८ गते, शुक्रबार १०:३७ मा प्रकाशित

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले जनताको मन जितेर अघि बढ्ने प्रण गरेका छन् । १४ औं महाधिवेशनको शुभकामना दिंदै देउवाले अहिले सरकारको नेतृत्व पनि कांग्रेसको काँधमा रहेकाले जनताको मन जिलतेर काम गर्ने बताएका हुन् ।

उनले प्रत्येक गाउँको मुद्वासँग आफुलाई जोड्दै जनताका मुद्व र भावनाको सम्वोधन गरी बलियो कांग्रेस रहेको सन्देश सबे घरघरमा पर्‍याउन कार्यकर्तालाई आग्रह समेत गरे । सकेसम्म सर्वसम्मती नभए लोकतानित्रक विधी र प्रक्रियाबाट नेतृत्व चयन हुने भन्दै उनले पार्टीभित्र पनि लोकतान्त्रिक अभ्यास हुने बताए ।

पार्टीको वडा अधिवेशन सुरु भएको अवसरमा प्रधानमन्त्री एवं कांग्रेस सभापित शेरबहादुर देउवाले व्यक्त गर्नु भएको शुभकामना ।
आदरणीय साथीहरू
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रकृया आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ । स्वदेश र विदेशमा रहेका पार्टीका सदस्यहरु, शुभेच्छुक र शुभचिन्तक सबैमा म जय नेपाल न्यानो अभिवादन व्यक्त गर्दछु ।

संवैधानिक बाध्यता अनुसार कोरोना महामारीकै बीच हामीले शुरु गर्नु परेको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरि कामय गरी सहभागि हुन नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु ।

आज म निकै खुशी छु । ८ लाखभन्दा बढि नेपाली कांग्रेसका क्रियाशिल सदस्य आजदेखि १४ औं महाधिवेशको प्रक्रियामा सहभागि हुनु भएको छ र मैले ति सबै सदस्यहरु र नेतृत्वको जोश, जाँगर र साथको अनुभुती यतिबेला गरिरहेको छु ।

लोकतन्त्रको पर्यायको रुपमा रहेको हाम्रो पार्टी नेपाली काग्रेस लोकतान्त्रिक अभ्यासमा आफुलाई सधै अग्रणी सावित गर्दै आएको छ । नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस सधै अगाडी छ ।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो । स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउदै जन(जनमा लोकतन्त्रको रक्तसंचार गर्छ । देशभरका साथिहरुलाई लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वास्थ प्रतिस्पर्धा मार्फत अधिवेशनमा सहभागि हुन अनुरोध गर्दछु ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली काग्रेसलाई बलियो बनाउन जरुरी छ । नेपाली जनताले बुझिसकेका छन्, बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ । त्यसैले ‘वलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।

कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै कांधमा आएको छ । म तपाईहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देश मार्फत गर्न चाहान्छु ।

हामी १४ औ महाधिवेशन मार्फत शसक्त कांग्रेस बनाउने अभियानमा होमीई सकेका छौ । पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफुलाई गांस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै, ति सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्‍याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु ।

अन्त्यमा आजदेखि सुरु हुने वडा अधिवेशनमा सहभागि सबै आदरणीय साथीहरूलाई हार्दिक स्वागत तथा बधाई दिन चाहन्छु ।

धन्यवाद ।
जय नेपाल ।