निर्वाचन आयोग र सभामुखविरुद्ध एमालेले दायर गरेको रिट खड्काको इजलासमा

होमल्याण्ड खबर

२०७८ भाद्र १८ गते, शुक्रबार १२:२० मा प्रकाशित

नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दा सुनुवाइ गर्नेगरी पेसी तोकिएको अदालत स्रोतले जनाएको छ ।

नेकपा एमालेले केहीदिन अगाडी आफूले कारबाही गरेका सांसदहरुको कारबाही सूची सार्वजनिक नगरेको भन्दै सभामुख विरुद्ध रिट दायर गरेको थियो ।

त्यस्तै लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध रिट निवेदन दर्ता भएको छ ।