काठमाडौँमा माधव नेपाल पक्षीय विद्यार्थी संगठनले जलाए मोदीको पुत्ला

होमल्याण्ड खबर

२०७८ भाद्र १८ गते, शुक्रबार १७:१६ मा प्रकाशित

दार्चुला घटनाको विरोधमा शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन भएको छ । काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि भेला भएका माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले मोदीको पुत्ला जलाएको हो ।

सो क्रममा उनीहरुले भारतविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । दार्चुलाका धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन खुस्काउँदा नदीमा खसेर वेपत्ता भएका थिए । सरकारले गठन गरेको छानबिन समितिले समेत भारतीय पक्षको संलग्नता सो घटनामा रहेको ठहर गरेको थियो ।