२९ फाल्गुन २०८२, शुक्रबार
सरकारले भदौ २३ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले यही भदौ २३ गते बुधबार दिउँसो ४ बजेका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


यसअघि सरकारको सिफारिसमा साउन ३२ गते राष्ट्रपति भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी थिइन् ।
मन्त्रीपरिषद बैठक अघि प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अधिवेशन बोलाउने विषयमा सभामुख अग्निप्रसाद सापकोटा, सत्ता गठबन्धनका नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए ।