नेकपा एसले तोक्यो सचिवालय सदस्य, प्रदेश इन्चार्ज र प्रचार विभाग प्रमुख

होमल्याण्ड खबर

२०७८ भाद्र २० गते, आईतवार ११:१६ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)ले पार्टीका संरचनाहरुमा विभिन्न पदाधिकारी तोकेको छ । स्थायी समिति बैठकले केन्द्रीय सचिवालय, प्रदेश इन्चार्ज, उपत्यका विशेष प्रदेश कमिटी, प्रचार विभाग प्रमुख र प्रवास इन्चार्ज तोकेको हो । केन्द्रीय सचिवालय ६ सदस्यीय बनेको छ । जसको सदस्यहरुमा बेदुराम भुसाल, प्रमेश हमाल,राजेन्द्र पाण्डे, गंगालाल तुलाधर,जयन्त राई र जीवनराम श्रेष्ठ रहेका छन् ।

त्यस्तै घनेन्द्र बस्नेतलाई प्रदेश १ को इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तैगरी धर्मनाथ साह प्रदेश २, केदार न्यौपाने बागमती, केशवलाल श्रेष्ठ गण्डकी, भागवत विश्वासी लुम्बिनी, प्रकाश ज्वालाले कर्णलीको जिम्मेवारी पाएका छन् । सुदुरपश्चिमको इन्चार्ज भने तोक्न बाँकी रहेको बताइएको छ ।

साथै उक्त पार्टीले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा उपत्यका विशेष प्रदेश कमिटी, प्रचार विभाग प्रमुख र प्रवास इन्चार्ज पनि तोकेको छ । जसमा १३ सदस्यीय समिति प्रस्ताव गरिएको छ ।

मस्यौदाको रुपमा रहेको उक्त समितिमा पार्टीले उपत्यका विशेष प्रदेश कमिटीमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ, मोर्चा इन्चार्ज डा। विजय पौडेल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद साहलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तैगरी नेकपा एसले वरिष्ठ नेता खनालकै संयोजकत्वमा दस्तावेज मस्यौदा समिति पनि गठन गरेको छ । जसको सदस्यहरुमा डा। बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला, जगन्नथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई, गणेश विक रहेका छन् ।