३० कार्तिक २०८१, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्री शेरबहादुर तामाङलाई बालुवाटार बोलाएर राजीनामा दिन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटार बोलाएर राजीनामा दिन निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
“प्रधानमन्त्रीले उहाँलाई बोलाएर राजीनामा दिन भन्नुभएको छ,” बालुवाटार स्रोतले भन्यो, “उहाँले छिट्टै राजीनामा दिनुहोला ।” बंगलादेश अध्ययनका लागि गएका नेपाली छात्राहरुको बारेमा उनले दिएको अभिव्यक्ति विवादास्पद भएपछि चौतर्फी उनको आलोचना गर्दै बर्खास्त गर्न आग्रह गरिएको थियो ।
उनले बंगलादेशमा अध्ययनका लागि गएका छात्राहरुले सर्टि्फिकेटका लागि आफ्नो अस्मिता बेच्नुपर्ने बताएका थिए । तर मन्त्री तामाङले आफूले माफी मागिसकेको बताए । “यस विषयमा मैले सार्वजनिक रुपमा नै माफी मागिसकेको छु,” उनले भने ।