२९ फाल्गुन २०८२, शुक्रबार
काठमाडौं उपत्यकामा विद्यालय खोल्न पाउने कि नपाउने भन्ने सन्दर्भमा भोलि बस्ने उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले तय गर्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार भोलि बस्ने बैठकले विद्यालय खोल्ने–नखोल्नेबारे निर्णय गरिनेछ ।
यसअअघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसी सँग समन्वय गरेमात्र खोल्न सकिने निर्णय भएको थियो । र, केही विद्यालय सञ्चालनमा पनि आएका थिए ।


यस विषयमा स्थानीय तह, शिक्षक र अभिभावकबीच छलफल हुने पनि बताइएको छ । प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार भोलि बस्ने बैठकमा स्थानीय तह, शिक्षक र अभिभावलाई पनि बोलाइएको र उनीहरुको राय बुझेर निर्णय गरिने छ ।