२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले एमसीसी सम्झौता संशोधन नगरी संसद्बाट पारित गरिए राष्ट्रघाती हुने पनि बताएका छन । एमसीसी संशोधन नगरी पारित गर्नेहरु राष्ट्रघाती हुने पनि उनको भनाइ छ । रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताएका छन् ।
उनले एमसीसी सम्झौता गर्नेहरु नेपाली मन भएकाहरु नभएको पनि आलोचना गरेका छन् । उनले एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने टिप्पणी गरेका छन् ।


आज काठमाडौं आयोजित एक साक्षात्कारमा बोल्दै उनले एमसीसी सम्झौताको पूनरावलोकन गर्ने अधिकार पनि एमसीसीलाई मात्रै रहेको भन्दै आपत्ति जनाए ।
उनले नेपाली जनताका प्रतिनिधिहरु अब छिट्टै नै बस्ने संसदमा नेपाल सरकार र एमसीसी सम्झौता के गर्छौ भनेर हेरिरहेको सुनाए ।