२९ फाल्गुन २०८२, शुक्रबार
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्याक एमसीसी’ लगायतका नारा लगाएका थिए ।

