२९ फाल्गुन २०८२, शुक्रबार
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी हुन् । आजै मन्त्रिपरिषद विस्तारको तयारी भएको एमाले मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए ।
पार्टी विभाजनमा माधवकुमार नेपाल पक्ष्लाई साथ नदिएर एमालेमै बसेकाहरु मन्त्री बन्ने मौका पाउने बताइएको छ ।


गत २ भदौमा नेकपा एमालेको बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्यको सरकार भने अल्पमतमा परिसकेको छ ।
बाग्मतीका ५६ मध्ये १३ जना सांसद एकीकृत समाजवादीमा गएपछि उनको सरकार अल्पमतमा परेको छ । उनले अब एक महिनाभित्रै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने छ ।