कुनै मुद्दा नपाएपछि मार्सी चामलको विरोधमा उत्रिए ःप्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७५ श्रावण ८ गते, मंगलवार ०९:१२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै मुद्दा नपाएपछि सरकारको विरोध गर्न मार्सी धानको भात खाएको विषय उछालेको बताएका छन् ।
पार्टी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई देखाउँदै उनले भने, “म र दाहाल सँगै प्रसाईंकोमा गएका थियौँ । आग्रह गरेपछि भात खाइयो, फेरि मुखमै राख्न नहुने त होइन ।”
उनले भारतबाट ल्याएको बासमती चामलको भात खानेले मार्सी चामलको विरोध गरेको भन्दै प्रतीकात्मक कटाक्ष गरे ।
उनले जूनको उपमा दिँदै आफूलाई जूनलार्इ जस्तो टाढाबाट होइन, नजिकबाट हेर्न र धब्बा देखिए विरोध गर्न भने । उनले आचरणमा, व्यवहारमा धब्बा देखिने कुनै काम नगर्ने बताउँदै निष्ठाका लागि दिनदिनै शपथ ग्रहण गरिरहेको समेत बताए ।