२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेकपा (एकीकृत समाजवादी)लगायतलाई विपक्षी बनाई दायर गरेको रिटको सुनुवाई हुँदैछ । माधवकुमार नेपाल सहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै अध्यक्ष ओलीले दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
उक्त निवेदनको पेसी न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा चढेको छ ।


अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरूद्ध छुट्टाछुट्टै तीन वटा रिट दायर गरेका छन्। जसमध्ये दुई वटा रिटमा आज अन्तरिम आदेश दिने/नदिने विषयमा सुनुवाइ हुन लागेको हो।
एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै ओलीले नेकपा एकीकृत समाजवादी खारेजीको माग गरेका छन् ।