२९ फाल्गुन २०८२, शुक्रबार
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा डडेल्धुराबाट क्षेत्रीय प्रतिनिधि चयन भएकी छिन् । पूर्वसांसद समेत रहेकी राणा गन्यापधुरा गाउँपालिका– १ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएकी हुन् ।
जयवीरसिंह देउवा भने क्षेत्रीय प्रतिनिधि बनेका छैनन् । भदौ २५ मा भएको वडा अधिवेशनमा जयवीरले क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी दिएनन् । क्रियाशील सदस्यको सूचीमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुका एक मात्र सन्तान जयवीरसिंहको पनि नाम छ। तर जयवीरसिंह तत्काल पार्टी राजनीतिमा क्रियाशील नहुने भएका छन्।


वडा सभापतिमा ज्ञानुकुमारी सेठ्ठी निर्विरोध सभापति भएकी छिन् । वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भएको छ ।
आरजुसहित १८ जनालाई क्षेत्रीय प्रतिनिधि पठाइएको छ।