विराटनगरमा घरघरमा पाइपबाट वायोग्यास र्पुयाइँदैछ

होमल्याण्ड खबर

२०७५ श्रावण ९ गते, बुधबार ०६:२६ मा प्रकाशित

बिराटनगरको वडा नं १४ जहाँ घरघरमा पाइपबाट वायोग्यास र्पुयाउने प्रयास भइरहेको छ ।
अघिल्लो प्रधानमन्त्रीकालमा केपी ओलीले घर–घरमा पाइपलाइनबाट ग्यास र्पुुयाउने प्रतिबद्धता जनाएका थिए ।
भारतीय नाकाबन्दीको कहर झेलिरहेका आमनागरिकलाई आश्वस्त पार्दै प्रधानमन्त्रीले भनेका थिए, अब सिलिन्डर युग सकियो, क्याट्ट खोल्यो, चुल्हो बाल्यो ।’
हावादारी सपना’ बाँडेको भन्दै उनको चर्को आलोचना भयो । अहिले बहुमतसहित प्रधानमन्त्री भएका उनले घरघरमा पाइपबाट ग्यास र्पुयाउने कुरा गरेका छैनन् । रेल र पानी जहाजमा बढी जोड दिएका छन् ।
तर, विराटनगर महानगरपालिकाको १४ वडाका घरघरमा वायोग्यास र्पुुयाउन अहिले धमाधम पाइप बिछ्याउने काम भइरहेको छ । विराटनगर– १४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोवर संकलन गरी उत्पादन गरिएको वायोग्यास स्थानीयबासीको चुलोसम्म पुर्याउन लागिएको हो ।
तत्कालीन जिल्ला विकास समिति वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र गौशालाका ८४ लाखमा ग्यास उत्पादन गर्ने गरी उपभोक्ताको घर घरमा ग्यास र्पुयाउन पाइप लाइन विछयाउने काम अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिले जनाएको छ । ।
ग्यास उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम सकिएको पनि समितिले बताएको छ ।
डेढवर्ष अघि शुुरु गरिएको सो प्लान्टवाट पहिलो चरणमा ३५ घरमा ग्यास पाइपबाट चुलोसम्म र्पुयाउने योजना रहेको र एक साता भित्रै पहिलो चरणमा ३५ घरमा पाइपबाट ग्यास वितरण गरिने छ, त्यसपछिका दिनमा थप १ सय घरमा ग्यास र्पुयाउने योजना अनुरुप काम अघि वढाएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।