२९ फाल्गुन २०८२, शुक्रबार
प्रतिनिधि सभाको अर्को बैठक असोज ४ गते सोमबार बस्ने भएको छ । आज बसेको बैठमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने जानकारी दिए ।
‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रस्ताव पारित गरेको छ ।


साथै , बैठकले २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शम्शेर जवराको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ ।