२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा माधवकुमार नेपालले वडा सदस्य समेत नजित्ने बताएका छन । झापाको बिर्तामोडमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपालाई के कारणले भोट हाल्ने भन्दै प्रश्न समेत गरे ‘उहाँलाई के कारण भोट हाल्ने एमाले फुटाएको भनेर वा चोइट्याएको भनेर ? ।’
उनले एमाले फुटाउन माधवकुमार नेपालले नयाँ पार्टी खोलेर तमासा देखाएको आरोप लगाएका छन ।


उनले माधवकुमार नेपालले १६ वर्षसम्म एमालेको नेता बनेर लुट्नसम्म लुटेर खाएपछि नयाँ पार्टी खोलेको बताए ।
ओलीले नेकपा एमालेले संसारका प्रतिक्रियावादी शक्तिहरुको मुटु हल्लाएको पनि दावी गरेका छन ।