२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन हुँदैछ । काठमाडौं –३१ आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्ने लागेका हुन् ।
अध्यक्ष नेपालले शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय उद्घाटन गर्ने छन् । पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।


नेकपा एमाले विभाजनपछि गठित एकीकृत समाजवादीले निर्वाचन आयोगबाट गत भदौ ९ गते राजनीति दलको मान्यता पाएका थियो ।
एकीकृत समाजवादीले यसअघि मीनभवनस्थित एक घरबाट कार्यालय चलाइरहेको थियो ।
भीएस निकेतन स्कूलको पुरानो भवनको छेउबाट वागमती करिडोरतर्फ रहेको पूजा थापा बस्नेतको घरलाई पार्टी कार्यालय बनाइएको नेकपा एसले जनाएको छ ।