२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एकीकृत समाजवादीको नयाँ पार्टी कार्यालय उद्घाटन गरिएको छ । उद्घाटनसँगै समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा सन्चालनमा आएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले आज बिहान मिनभवनमा पार्टी कार्यालयको उदघाटन गरेका छन् ।
मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन गरिएको छ ।


घरमा १५ वटा कोठाहरु छन् । पार्टी कार्यालय सञ्चालनमा आएको अवसरमा अध्यक्ष नेपालले सबै सकरात्मक शक्तिसँग पार्टीले हातेमालो गर्ने र पाँच दलीय गठबन्धनलाई चुनावसम्म नै लैजाने बताए।