२९ फाल्गुन २०८२, शुक्रबार
मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । रिक्त रहेको आर्थिक मामिला मन्त्रीको नियुक्ति र सपथ ग्रहण आज हुने बताइएको छ ।
एकीकृत समाजवादी सुदूरपश्चिमका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले आजै मुख्यमन्त्रीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेको बताएका छन । उनले आजै मन्त्रि नियुक्त गरेर सपथ ग्रहण गराउने पनि जानकारी दिए ।


तारा लामा तामाङलाई अर्थमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । कञ्चनपुरका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रकाश रावलको नाम पनि चर्चामा छ ।
यसअघि एमालेमै रहने निर्णय गरेका तत्कालिन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले र अर्थराज्य मन्त्री अर्चना गहतराजले राजीनामा दिएकी थिइन् ।
माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा एकीकृत समाजवादी पनि सहभागी छ । प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक÷एक सांसद रहेका छन् ।