एमालेले बोलायो स्थायी कमिटी बैठक

होमल्याण्ड खबर

२०७८ आश्विन ३ गते, आईतवार १०:४१ मा प्रकाशित

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले रातोपाटीलाई बताए । विधान महाधिवेशनमा प्रस्तुत गर्ने विधान, राजनीतिक र सांगठनिक प्रतिवेदन पारित एजेण्डा छ ।  तामाङका अनुसार स्थायी कमिटी बैठक भोलिसम्म बैठकले पारित गरेको प्रतिवेदन असोज ८ र ९ गते केन्द्रीय कमिटी बैठकमा पेस गरिने छ ।

एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । स्थायी कमिटी बैठकले संसदको आगामी रणनीतिबारे बनाउने उनको भनाइ छ ।

त्यसअघि एमालेले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक गर्न लागेको हो । आजै ११ बजे तुल्सीलाल प्रतिष्ठानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा सम्बोधन गर्ने कार्यक्रमा छ । यस्तै १२ः३० बजे सोही स्थानमा पार्टी प्रवेश कार्यक्रम रहेको तामाङले जानकारी दिए ।