३० कार्तिक २०८१, शुक्रबार
डा. गोविन्द केसीको समर्थनमा निस्किएको शान्तिपूर्ण जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट शान्तिपूर्ण रुपमा प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । शान्तिपूर्ण जुलुस बालुवाटारसम्म जाने कार्यक्रम चिकित्सक तथा विद्यार्थीले तय गरेको भए पनि गेटमै प्रहरीले हस्तक्षेप गरेको थियो । केहीलाई लाठीचार्ज गरिएको थियो भने केहीलाई पक्राउ गरिएको थियो । करिब ३० जनाजति चिकित्सक तथा विद्यार्थीलाई पक्राउ गरिएको विषद दाहालले जानकारी गराएका छन् ।
चिकित्सकको अनशन, माफियालाई टेन्सन लगायतका नारा विद्यार्थीले लगाएका थिए ।