२९ फाल्गुन २०८२, शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताएका छन । आज प्रतिनिधि सभा बैठकमा भाग लिएर बाहिर स्किने क्रममा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने जानकारी दिए । ‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ,’ उनले भने ।
नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सरकारको आलोचना हुन थालेको छ ।

