राष्ट्रियसभाबाट विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

होमल्याण्ड खबर

२०७८ आश्विन ५ गते, मंगलवार १४:५५ मा प्रकाशित

राष्ट्रियसभाले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस’ भन्ने प्रस्तावलाई बहुमतद्वारा स्वीकृत गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव पेस गरेका थिए । त्यसअघि बैठकमा नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेशले विग्रह निम्त्याएको आरोप लगाए।

उनले पार्टी अनुशासन विरोधी गतिविधि गरेका १४ सांसदमाथि आफ्नो पार्टीले गरेको कारबाहीसम्बन्धी सूचना प्रकाशित नगरिएका आपत्तिसमेत जनाए । राष्ट्रियसभाको अर्को बैठक यही असोज ७ गते दिउँसो २ बजे बस्ने छ ।