कुलमानविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

होमल्याण्ड खबर

२०७८ आश्विन ५ गते, मंगलवार १५:२७ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। शाक्यले सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत आफ्नो अधिकार हनन भएको दावी गर्दै  नियुक्ति बदरको माग गरेपनि अदालतले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको हो । यद्यपि सरकारसँग कारण देखाउ आदेश भने माग गरेको छ ।

सरकारले शाक्यलाई उर्जा आयोगमा सरुवा गर्दै घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । तर सरकारको उक्त निर्णयविरुद्ध शाक्यले सर्वोच्च अदालतमा रिट दिएका थिए ।