कांग्रेस पदाधिकारी बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ आश्विन ७ गते, बिहीबार १०:१० मा प्रकाशित

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहीबार दिउँसो तीन बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने र आसन्न महाधिविशेनबारे छलफल हुने जनाइएको छ ।

मन्त्रीका विषयमा पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद हुँदै आएको छ । देउवाले आफू निकट तीन नेतालाई मन्त्री बनाएका छन् ।

तर पौडेल र कृष्णप्रसाद सिटौला पक्षबाट अहिलेसम्म मन्त्री भएका छैन्न । देउवा प्रधानमन्त्री भएको दुई महिना भन्दा बढी हुँदा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैन्न ।