प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक पेश हुने

होमल्याण्ड खबर

२०७८ आश्विन ७ गते, बिहीबार १०:१२ मा प्रकाशित

प्रतिनिधिसभा बैठक बस्दैछ । बिहीबार दिउँसो २ बजे बैठक बस्न लागेको हो । बैठकमा आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेश गर्नेछन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि संसद बैठक अवरोध जारी राख्ने जनाएको छ । एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् ।