२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको बताएका छन्।
पर्वत कांग्रेसले निर्माण गरेको नवनिर्मित पार्टी कार्यालय भवन आज बिहान भर्चुअल माध्यमबाट उद्घाटन भएको छ ।उक्त कार्यक्रममा बोल्दै पौडेलले वडादेखि केन्द्रसम्मै सही नेतृत्व छनोट गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । ‘‘महाधिवेशन सामुन्ने आइसकेको छ, पार्टीलाई कस्तो नेतृत्व दिने भन्ने यो महाधिवेशनले तय गर्नुपर्छ।


पार्टीका नेता र कार्यकर्तालाई नेतृत्वले मूल्यांकन गर्न सकेन भन्ने गुनासो छ तर अब कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्न जरूरी भइसकेको छ,’ पौडेलले भने । उनले बिपी अनुकूलको पार्टी वा नेतृत्व छ कि छैन भन्ने समीक्षा गरिनुपर्ने पनि बताए।‘नेताले कार्यकर्ता मूल्यांकन गर्ने मात्र होइन अब कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको छ।