राष्ट्रपतिले गरिन् बजेट प्रमाणीकरण,सरकारलाई खर्च गर्न बाटाे खुल्यो

होमल्याण्ड खबर

२०७८ आश्विन ७ गते, बिहीबार १९:०३ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक, २०७८ प्रमाणीकरण गरेकी छन् । बिहीबार बजेट प्रमाणीकरण गरेसँगै सरकारले खर्च गर्ने बाटो खुलेको छ । संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएसँगै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएका थिए । राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा (२) मा भएको व्यवस्थाबमोजिम बजेट प्रमाणीकरण गरेकी हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको आकार घटाउँदै अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए । अघिल्लो सरकारले ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको थियो ।

राष्ट्रपतिले बजेट प्रमाणीकरण गरेसँगै एक साता लामो बेखर्ची बनेको सरकारले भोलिदेखि संघीय सञ्चित कोष चलाउन पाउने छ ।