सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा शुरु

होमल्याण्ड खबर

२०७८ आश्विन १० गते, आईतवार १०:३४ मा प्रकाशित

लामो समयसम्म मन्त्रिपरिषद्लाई पूर्णता समेत दिन चुकिरहेको सत्ता गठबन्धन दलको बैठक शुरु भएको छ । प्रधानमन्त्रीकोसरकारी निवास वालुवाटारमा गठबन्धन दलको बैठक १० वजेदेखि शुरु भएको हो । बैठकमा सहभागी हुनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु बालुवाटार पुगेका थिए ।

देउवाले आफुले प्रधानमन्त्रीको सपथ खाएकै दिनमा कांग्रेस र माओवादीका २/ २ जना लाई मन्त्री बनाएका थिए । त्यसपछि एक राज्यमन्त्री र ७२ दिनमा काग्रेसका एक नेतालाई परराष्ट्रमन्त्री यिनुक्त गरेयता उनले थप मनित्रमण्डल विस्तार गर्न सकेका छैनन ।

उनले अझै पनि १५ ओटा मन्त्रालयको नेतृत्व आफैले सम्हालिरहेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवाले हिजो साँझ नेकपा एकीकृतका अध्यक्ष माधव नेपालसँग पनि बालुवाटारमा भेटवार्ता गरेका थिए । मनित्रमण्डल विस्तारका लागि पहिले दल विभाजनसम्वन्धी अध्यादेश निष्क्रय या फिर्ता हुनुपर्ने जसपाको माग छ । माधव नेपाल पक्ष भने अदालतमा आफनो पार्टी विरुद्ध परेको रिटको पखाईमा थियो । तर देउवालेअ व ढिलो गर्न नसकिने जवाफ दिईरहेका बेला सत्ता गठबन्धनको बैठक बसेको हो ।

बैठकमा प्रतिपक्षी दल एमालेले सदनमा गरिरहेको अवरोध र नारावाजी, विभिन्न देशमा अव नियुक्ति हुने राजदुत लगायतका विषयमा पनि छलफल हुने वताईएको छ । ‘मूलत तीन ओटा एजेण्डामा छलफल गर्न सत्ता गठवन्धन दलको बैठक शुरु भएको हो,’ बालुवाटार स्रोतले भन्यो,–‘पहिलो मन्त्रिपरिषद् लाई पूर्णता दिने, दोस्रो एमालेले सदनमा गरिरहेको अवरोधको समाधान गर्ने र तेस्रो विभिन्न दलको राजदुत सरकारले फिर्ता बोलाईसकेकोले नयाँ राजदुत नियुक्ति प्रक्रिया लगायत विषयमा छलफल हुनेछ ।’