२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली काँग्रेसका नेता तथा सांसद अमृतलाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर राजवंशीले पार्टी प्रवेश गरेका हुन् ।
राजवंशी झापाबाट पहिलो र दोस्रो संविधानसभा सदस्य भएका थिए । झापाको अनारमनीका बासिन्दा राजवंशी हालै झापाको विर्तामोड ४ बाट नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित भएका थिए । काँग्रेसको राजनीतिबाट ५ वर्षका लागि बाहिर बस्नुपरेपछि उनी एमालेतिर लागेका हुन् ।

