थप १२८२ जनामा कोरोना संक्रमण,७ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ आश्विन ११ गते, सोमबार १६:३९ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।  योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १०१ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार २६२ जना निको भएका छन् । हालसम्म ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ जना रहेका छन् । जसमध्ये १७ हजार ५३५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३१३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३८५ जना आईसीयू र १२५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २५६ जना क्वारेन्टिनमा रहेका छन् ।