३० कार्तिक २०८१, शुक्रबार
लामो समय स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दैछ ।
यसअघि गत असार तीन गतेलाई बोलाएको संसद बैठक सूचना टाँसेर स्थगित भएको थियो । त्यसअघि पनि काङ्ग्रेस सांसदले लगातार जसो बैठक अवरुद्ध गरेपछि बस्न सकेको थिएन ।
डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसन थालेपछि काङग्रेसले सोही माग पुरा नगरुनजेल बैठक अवरुद्ध गर्ने घोषणा गरेअनुसार बैठक चल्न दिएको थिएन ।
यसैवीच आजको संसद बैठक चल्न दिने काङ्ग्रेसले जनाएको छ । काङ्ग्रेस नेता डा.नारायण खड्काले गोविन्द केसीका माग पुरा भएकाले संसद अवरोध नगर्ने बताएका छन् ।