काठमाडौँ कांग्रेसको नेतृत्वका लागि निर्वाचन हुँदै

होमल्याण्ड खबर

२०७८ आश्विन १७ गते, आईतवार १२:२५ मा प्रकाशित

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको नेतृत्व चयनका लागि लागि निर्वाचन सुरु भएको छ । निर्वाचन राष्ट्रिय सभागृहमा जारी रहेको छ । नेतृत्वका लागि संस्थापनइतर समूहबाट नीलकाजी शाक्य सभापतिको उम्मेदवारी छन् भने संस्थापन पक्षबाट प्रगतिमान रञ्जितले रहेका छन् ।

शाक्यलाई नेता प्रकाशमान सिंहसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बलियो साथ रहेको छ । संस्थापन पक्षबाट उम्मेदवारी बनेका रञ्जित भने युवा पुस्तामा लोकप्रिय नेताका रुपमा चिनिदै आएका छन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवाले अघि सारेका हुन् ।