२९ फाल्गुन २०८२, शुक्रबार
सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो मान्छेलाई मन्त्री बनाउन कोटा मागेको भनेर आएको समाचारको खण्डन गरेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले सोमबार अपराह्न एक विज्ञप्ति जारी गरेर ‘प्रधानन्यायाधीलाई असान्दर्भिक रूपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रसारण हुनु अत्यन्तै दुःखद र खेदजन्य विषय हो’ भनेको छ । विज्ञप्तिमा सर्वोच्च अदालतको अमूक फैसला समेतका सन्दर्भ जोडी यस प्रकारका समाचार आउनु अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दूषित मनसाय बाहेक अरू केही हुन सक्दैन भनिएको छ ।


