मन्त्रालयको भागबण्डा टुँगो लगाउन बालुवाटारमा गठबन्धनको बैठक

होमल्याण्ड खबर

२०७८ आश्विन १९ गते, मंगलवार १३:३५ मा प्रकाशित

मन्त्रालयको भागबण्डा टुँगो लगाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ । आजै मन्त्रिपरिषद् विस्तार गर्नेगरि नेताहरु छलफलमा जुटेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी छन।

यसअघि माओवादी केन्द्रले पनि मन्त्रीहरुको नाम टुँगो लगाएर अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई लिष्ट बुझाइसको छन ।

स्रोतकाअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ७ वटा मन्त्रालय राखेको छ । उता, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपालले भने एकरएक राज्यमन्त्रीसहित ५-५ वटा मन्त्रालय पाउने भएका छन।

माओवादी केन्द्रबाट यसअघि नै दुई मन्त्री बनिसकेका छन। अब माओवादीले तीन जनाको नाम दिने भएको हो ।